२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं। हिमालयन क्यापिटलले भोलि बिहीबार (साउन ३२ गते) देखि बन्दमुखि म्युचुअल फन्ड योजना ‘हिमालयन ८०(२०’ निष्कासन गर्ने भएको छ।
क्यापिटलले हिमालयन ८०-२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो। यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५५ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ।
बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ १५ गतेसम्म आवेदन खुला रहनेछ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ।
यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ। हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो। यस योजनाको परिवक्व हुने अवधि १० वर्षको रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij