२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै बैंकिङ, फाइनान्स, एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल (विएफआइएन) द्वारा प्रदान गरिने एल एण्ड डि एक्सिलेन्स अवार्ड २०२३ बाट बैंक पुरस्कृत भएको छ। बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।
साउन २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न लिडरर्स फर द नेक्ष्ट जेनेरेशन: एक्पेक्ट द अनएक्पेक्टेड कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij