Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित र यादव

एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित र यादव


  • 2.5K
    Shares

    एमाले केन्द्रीय समितिबाट बाहिरिए केशव स्थापित र यादव

    काठमाडौँ । नेकपा एमालेले केशव स्थापितलाई केन्द्रीय सदस्यबाट हटाएको छ। सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट हटाउने निर्णय गरेको हो। 

    गत वर्ष वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि उनी पार्टीमा निष्क्रिय रहँदै आइरहेका थिए। उनले आफू अध्ययन अनुसन्धानमा लाग्ने र केही नयाँ काम गर्नका लागि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएको बताउने गरेका छन्। ०७४ सालको प्रदेशसभा निर्वाचनमा स्थापित बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी मुख्यमन्त्री डोरमणी पौडेलको कार्यकालमा बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री समेत भएका थिए। 

    स्थापितसँगै अर्का केन्द्रीय सदस्य प्रमोद नारायण यादव पनि बाहिरिएका छन्। मधेश प्रदेशका उनले पनि नेतृत्वलाई भेटेर केन्द्रीय सदस्यबाट बिदा गरिदिन आग्रह गर्दै राजीनामा दिएका थिए। 

     

    प्रकाशित मिति :श्रावण ३० २०८० मंगलवार - ११:१३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij