Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादीको केन्द्रीय समिति बैठकको खर्च कति ? साढे तीन लाख ऋण

माओवादीको केन्द्रीय समिति बैठकको खर्च कति ? साढे तीन लाख ऋण


  • 1.9K
    Shares

    माओवादीको केन्द्रीय समिति बैठकको खर्च कति ?  साढे तीन लाख ऋण

    नेकपा माओवादी केन्द्रको १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा २१ लाख बढी खर्च भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बसेको बैठकमा २१ लाख १५ हजार ५ सय खर्च भएको माओवादीले जनाएको छ।

    बैठकका निर्णय पठाइएको परिपत्र अनुसार बैठकका लागि १७ लाख ४६ हजार २ सय उठेको थियो।

    माओवादीका कोषाध्यक्ष तथा पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले प्रस्तुत गरेको आय व्यय विवरण अनुसार उठेको रकमभन्दा बढी खर्च भएको विवरण परिपत्रमा उल्लेख गरिएको छ। 

    जसअनुसार माओवादीलाई बैठक गरेर ३ लाख ६९ हजार तीन सय ऋण लागेको जनाइएको छ। माओवादी केन्द्रको पाँच दिनसम्म चलेको बैठकमा ७५८ सदस्य उपस्थित हुने बताइएको थियो।

    माओवादी केन्द्रको नेतृत्वमा अहिले सरकार छ। माओवादीकै प्रधानमन्त्री र ६ जना मन्त्री छन्। यस्तै प्रदेशमा दुईवटा मुख्यमन्त्री सहित सबै प्रदेशमा माओवादीका नेता सरकारमा छन्। 

    सो बैठकले माओवादी केन्द्रका नेताहरुको जिम्मेवारी हेरफेर गर्नुको साथै केन्द्रीय समिति विस्तार गरेको छ। 

    जसअनुसार माओवादीको केन्द्रीय सदस्य संख्या ४०९ बनाइएको छ। २०७८ पुस १३देखि १८ सम्म चलेको आठौ महाधिवेशनबाट २९९ केन्द्रीय समिति निर्वाचित गरिएको थियो।

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १६:११:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij