Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

२४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक


  • 2.4K
    Shares

    २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरी बिलको कूल २४ अर्ब रुपैयाँ नवीकरण गर्ने भएको हो । 

    राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। 

    पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुन: ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार सोमबार बोलकबोल हुने ट्रेजरीका लागि आज दिउँसो ३ बजेभित्र आवेदन दिन सकिनेछ । 

    ट्रेजरीको बिक्री भने भोलि अर्थात साउन ३० गते मंगलबार हुनेछ । यसअघि केन्द्रीय बैंकले साउन २२ गते २६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । 

    बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १४:५०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij