Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

सुन तस्करीमा मेरो संलग्नताको प्रमाण देखाए अहिले नै पद छाड्छु: अर्थमन्त्री महत

सुन तस्करीमा मेरो संलग्नताको प्रमाण देखाए अहिले नै पद छाड्छु: अर्थमन्त्री महत


  • 2.4K
    Shares

    सुन तस्करीमा मेरो संलग्नताको प्रमाण देखाए अहिले नै पद छाड्छु: अर्थमन्त्री महत
    images

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको प्रमाण ल्याए पदमा नबस्ने बताएका छन् । उनले आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताए ।

    आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले भने ‘यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र ? प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ । अहिले नै पद छाड्छु ।’ 

    आफूमाथि व्यर्थको लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको उनले गुनासो गरे । ‘मेरो दाइ र मेरो संस्कार छ । कसैलाई म मन पर्दैन, मलाई पनि मन नपर्न सक्छ,’ उनले भने, ‘

    ‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लान्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो,’ महतले भने, ‘तपाइँहरू नै भन्नुस्, अलिकति पनि तपाइँहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ ।’

    ‘मैले लोभलालच राखेको भए मैले अरु अनेक गरेर लिन सक्थेँ । करका दरदेखि लिएर विगतमा कत्ति मन्त्रीहरुले स्वार्थ साँधेर गलत गरेका उदाहरणहरु छन् । तर मैले कुनै पनि विषयमा स्वार्थ साँधेको छैन । अनि यो सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भने । 

    यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए । ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरुलाई शंका लाग्छ भने भन्नुस् । साथीले पनि भनेन’, डा. महतले भने, ‘यो (बाहिर बोल्दै हिँड्नु) ठीक हो ? पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनु पर्दैन ?’

    डा. महतले सांसद सुनिल शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन्’, उनले भने ।

     

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १६:२२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij