२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत भएको छ ।बैंकको सञ्चालक समितिको साउन २५ गते सम्पन्न बैठकले सीईओ जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
साथै सोही बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विपिन राज पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय समेत दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत त्रिलोक ध्वज जोशीले प्रमुख कार्यकारीको पदबाट यसअघि राजीनामा दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij