Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

देशभरका नर्सिङ कलेज बन्द गरेर शिक्षक कर्मचारीको माइतीघरमा र्‍याली

देशभरका नर्सिङ कलेज बन्द गरेर शिक्षक कर्मचारीको माइतीघरमा र्‍याली


  • 2.6K
    Shares

    देशभरका नर्सिङ कलेज बन्द गरेर शिक्षक कर्मचारीको माइतीघरमा र्‍याली

    काठमाडौँ । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेको छ ।

    डा. गोविन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरू बन्द भएको भन्दै आइतबार माइतीघरमा भेला भइ नर्सिङ कलेज सञ्चालकहरू, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले र्‍याली निकालेका हुन् । आज नर्सिङ कलेज सञ्चालकहरूले सबै शिक्षण संस्था बन्द गरेका छन् ।

    समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरूको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरी कलेजहरू बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।

    देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १२:२३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij