२०८२ भाद्र १ गते आइतवार
गूगल ड्राइभले चाँडैनै इनक्रीप्टेड फाइलहरु पनि खोल्न दिने भएको छ । अहिलेसम्म गूगल ड्राइभमा इनक्रीप्टेड फाइलहरु खोल्न मिल्दैन ।
ह्याकरहरु हरेक दिन डेटाको पहुँच पाउने बाटोमा लागीरहेका हुन्छन् । त्यही कारणले संवेदनशील डेटालाई इनक्रीप्टेड फाइलमा राख्नु राम्रो बानी हो ।
एक्सडीएका अनुसार गूगल ड्राइभको एन्ड्रोइड भर्सन २.२०.४४१.०६.४० मा इन्क्रिप्टेड फाइलहरुलाई खोल्न सपोर्ट गर्ने तयारी गरेको संकेत मिलेको छ ।
यो फिचर आउने अनुमान सँगै धैरै प्रश्न चिहन पनि ठहरिएका छन् । यो फिचर आएमा यसले गूगल ड्राइभलाई सुरक्षामा ठूलो सहयोग पुर्याउनेछ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij