२०८२ भाद्र २ गते सोमवार
अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई रिहा गर्ने आदेश दिएसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छाडेको छ। शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन् ।
थुनामुक्त भएका शर्मालाई मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले स्वागत गरेका छन् । शर्मालाई दुर्गा प्रसाईँ र शर्माका परिवारका सदस्यले जिम्मा लिएका छन् ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई सीआईबीले बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो। शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो। सोही अनुसार उनलाई सीआईबीले हिरासतबाट छाडेको हो।
कुनै पनि मुद्दामा प्रतिवादीले भागेर जाने तथा प्रमाण लोप गर्ने सम्भावना हुन्छ कि हुँदैन भन्ने हेर्नुपर्ने जनाउँदै अदालतले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij