२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको लाइसेन्स दिएको छ । बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले सीमित कार्य गर्ने तीन वटा सेयर ब्रोकरलाई लाइसेन्स दिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।
बुधबार बोर्डबाट लाइसेन्स पाउनेहरूमा जेबीएनएल सेक्युरिटिज कम्पनी, आरबीबी सेक्युरिटिज कम्पनी र सीबीआईएल सेक्युरिटिज कम्पनी रहेका छन् ।
धितोपत्र दलाल व्यवसायीका लागि बोर्डमा आवेदन दिएका ४३ कम्पनीलाई बोर्डले पूर्व स्वीकृति दिएको थियो । जसमध्ये ३२ वटा दलाल व्यवसायीले इजाजात पाएको बोर्डका प्रवक्ता श्रेष्ठले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij