Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

माओवादीले केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगभग टुङ्ग्यायो, अन्तिम रूप दिइँदै

माओवादीले केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगभग टुङ्ग्यायो, अन्तिम रूप दिइँदै


  • 2.1K
    Shares

    माओवादीले केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगभग टुङ्ग्यायो, अन्तिम रूप दिइँदै

    काठमाडौँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको कार्य विभाजन लगभग टुङ्ग्याएको छ । 

    साउन १७ देखि २१ सम्म राजधानीको प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको कार्य विभाजनको टुङ्गो लगाउँदै केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । 

    बैठक सकिए लगत्तै सात प्रदेशका नयाँ इन्चार्जहरूले सम्बन्धित प्रदेशका पदाधिकारीसँग छलफल गरी जिम्मेवारी हेरफेरको टुङ्गो लगाएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरूको अन्तर जिल्लाको आधारमा जिम्मेवारी हेरफेर भएको छ । पार्टीको बैठक बसेर यसलाई अन्तिम रूप दिने तयारी भएको उपाध्यायले  बताए ।

    ‘प्रदेश इन्चार्ज र सम्बन्धित प्रदेशका पदाधिकारी बसेर लगभग कार्य विभाजनको टुङ्गो लागेको छ । केन्द्रीय सदस्यहरूलाई पालिका हेर्ने गरी अन्तर जिल्लाको जिम्मेवार दिइएको छ । वडामा प्रदेश सदस्यहरूलाई पठाउने तयारी छ । पार्टीको बैठकले यसलाई अन्तिम रूप दिइनेछ’, उनले भने । 

    यसअघि बैठकले कोशी प्रदेशमा  चक्रपाणि खनाल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्यलाई इन्चार्जको जिम्मेवारी दिएको थियो । यसैगरी उपत्यका विशेष प्रदेशमा वर्षमान पुन, उपत्यका सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्की इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    माओवादी केन्द्रले भदौ १६ गते  भव्य समारोह गरी ‘जनतासँग माओवादी विशेष’ तीन महिने अभियान सुरु गर्दै छ । त्यसका लागि पदाधिकारीदेखि सबै तहका कमिटी परिचालन गर्ने तयारी गरेको छ । 

    माओवादीमा ७ भूगोल प्रदेश र तीन गैर भूगोल प्रदेश गरी १० वटा प्रादेशिक संरचना रहेको छ । गैर भूगोलमा रहेका सदस्यहरूलाई पनि भूगोलको जिम्मेवारी दिइने उनले बताए । 

    यसैगरी केन्द्रीय समितिले थपेको २२ जनासहित ४०७ जना केन्द्रीय सदस्य र १९८ जना वैकल्पिक केन्द्रीय सदस्य छन् । 

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - १२:०३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij