Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तीन दिन विद्यालय बन्द

तीन दिन विद्यालय बन्द


  • 4.4K
    Shares

    तीन दिन विद्यालय बन्द

    पछिल्लो समयमा बालबालिकादेखि अभिभावकसम्म आँखा पाक्ने रोगको समस्या बढ्दै गएपछि बागलुङका विद्यालय तीन दिन बन्द गरिएकाे छ । बागलुङ नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय आगामी आईतबारसम्मका लागि बन्द गरिएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतमा संस्थागत तथा सामुदायिक विद्यालयका प्रध्यानध्यापक सहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

    बालबालिकामा दिन प्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्ने निर्णय गरिएको बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । पोखेरेलका अनुसार शुक्रबार देखि आईतबारसम्म विद्यालय बन्द हुनेछन् । 

    नगरपालिकाले बिदाको अवधिमा पनि बालबालिकालाई आँखाको समस्या हुने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल नेत्रज्योती संघ धौलागिरी आँखा अस्पतालका अनुसार बागलुङमा दैनिक ६० देखी ७० जना आँखा पाक्ने समस्याका बिरामी आउने गरेको छन् । 

    यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनु पर्ने बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।  प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको उनको भनाई छ । 

    यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले बिरामीले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामान अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर मात्र औषधिको प्रयोग खनालले बताए । 

    प्रकाशित मिति :श्रावण २६ २०८० शुक्रवार - ०९:५५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij