Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

बैतडीकी सरस्वती नेपाली बनिन् अमेरिकाको ‘ग्लोबल एन्टी रेसिज्म’ अवार्ड पाउने पहिलो नेपाली

बैतडीकी सरस्वती नेपाली बनिन् अमेरिकाको ‘ग्लोबल एन्टी रेसिज्म’ अवार्ड पाउने पहिलो नेपाली


  • 2.4K
    Shares

    बैतडीकी सरस्वती नेपाली बनिन् अमेरिकाको ‘ग्लोबल एन्टी रेसिज्म’ अवार्ड पाउने पहिलो नेपाली

    वासिङ्टन डिसी । सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी सरस्वती नेपालीलाई अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका छन् ।

    अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।

    सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । 

    सीमान्तकृत, अपाङ्गता, गरिब दलितका निम्ति मानव अधिकार र सामाजिक न्यायका लागि लडेकी सरस्वतीलाई यो अवार्ड प्रदान गरिएको हो ।

    उनीसहित ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियान्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुन् ।

     

    प्रकाशित मिति :श्रावण २५ २०८० बिहिवार - ११:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij