२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ।
काठमाडौँबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले आज गोरखापत्रमा सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जानकारी दिएको हो।
हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न टेलिकमले अनुरोध गरेको छ । टेलिकमले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको हो ।
ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न नेपाल टेलिकमले अनुरोध गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij