२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ।
आज एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधयेक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ।
यस्तै, सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनको जानकारी संसदसमक्ष गराउने कार्यसूची पनि रहेको छ।
मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक कार्यसूचीमा अघि बढ्न सकेन। गत साउन २ गते एक क्विन्टलभन्दा बढी सुन त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको प्रकरणमा सांसदले उठाएको प्रश्नको जवाफ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका थिए। तर, प्रमुख प्रतिपक्षी दल एमालेले चित्त बुझाएन र सदन अवरूद्ध गरेको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij