२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरले बिहान साढे ११ बजे बस्ने गरी प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ । संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
बैठकमा संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्। प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्ने तय छ ।
बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् । करिब १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij