Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

बागमती नदीले बगाउँदा एक जनाको मृत्यु

बागमती नदीले बगाउँदा एक जनाको मृत्यु


  • 2.5K
    Shares

    बागमती नदीले बगाउँदा एक जनाको मृत्यु

    मलङ्वा । बागमती नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरमा ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ। 

    सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा पर्ने खेतमा काम गर्न आएको र घर जाँदै गर्दा उनलाई नदीले बगाएको थियो। भाटलाई बगाउँदै गर्दा स्थानीयवासीले उधार गरेका थिए। बाढीले बगाउँदा सिकिस्त बनेका भाटलाई समनपुरको एक स्वास्थ्य केन्द्रमा उपचार गर्न स्थानीयले लगेका थिए।

    त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रौतहटको चन्द्रपुर लगेका थियो। चन्द्रपुरस्थित अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । 

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १७:१६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij