Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

तीन दिन विद्यालय बन्द

तीन दिन विद्यालय बन्द


  • 4.0K
    Shares

    तीन दिन विद्यालय बन्द

    पोखरा । आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ को संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिकाभित्र सञ्चालित विद्यालय तीन दिन बन्द हुने भएका छन्। संक्रमण फैलन नदिन बुधबारदेखि शक्रबारसम्म विद्यालय बन्द हुने महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रिनाथ सुवेदीले बताए।

    जिल्ला प्रशासन कार्यालय कास्कीमा सोमबार भएको शिक्षक अभिभावक संघ, शिक्षक लगायत सरोकारवाला पक्ष बीचको छलफल पछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा उनको भनाइ छ।

    पोखरा महानगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द हुनेछन्। पोखरा महानगरभित्र संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय छन्।

    गण्डकी प्रदेशमा आँखा पाक्ने रोग तीव्र गतिमा फैलिरहेको छ। आँखा दुख्ने, सुनिने, रातो हुने, घाममा आँखा खोल्न अप्ठ्यारो हुने, बिहान उठ्दा कचेराले आँखा खोल्न गाह्रो हुने, आँखाबाट आँसु खसि रहने जस्ता लक्षण आँखा पाक्दा देखिन्छ।

    अस्पताल आउने अधिकांश संक्रमितमा बालबालिकाबाट सरेको पाइएको छ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १६:०६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij