२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको 'एटिएम तथा पीओएस’ सेवा २ घण्टाको लागि अवरुद्ध हुने भएको छ। बैंकले एक सुचना जारी गर्दै आज साउन २३ गते मंगलबार राति १०: ०० बजेदेखि सोही राति १२: ०० बजेसम्म उक्त सेवा बन्द हुने जनाएको हो ।
बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम’ को सिस्टममा आवश्यक मर्मत सम्भार गनुपर्ने भएकाले सो समयका लागि सेवा अबरुद्ध हुने जनाएको हो ।
उक्त समयमा दैीनक रुपमा आवश्यक विद्युतिय कारोबार सकेसम्म अन्य बैकल्पिक माध्यमबाट गर्न समेत बैंकले आग्रह गरेको छ। यसबाट ग्राहकमाझ पर्न जाने असहजताप्रति बैंकले क्षमा मागेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij