Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

रोल्पा बस दुर्घटना अपडेट: दुई जनाको शव भेटियो, घाइतेको उपचार र उद्दार जारी

रोल्पा बस दुर्घटना अपडेट: दुई जनाको शव भेटियो, घाइतेको उपचार र उद्दार जारी


  • 3.3K
    Shares

    रोल्पा बस दुर्घटना अपडेट: दुई जनाको शव भेटियो, घाइतेको उपचार र उद्दार जारी

    रोल्पा ।  रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ। त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस रिचीमा दुर्घटना भएको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

    दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको र २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ।

    प्रहरीले गम्भीर घाइतेहरुको थप उपचारका लागि घोराही पठाउने तयारी गरिरहेको छ। अन्यको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरूको उद्धार गरिरहेका छन् ।

     
     

     

     

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १४:०१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij