Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न निषेध

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न निषेध


  • 3.0K
    Shares

    सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न निषेध

    ढल्केबर। जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन गर्न निषेध गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सूचना जारी गर्दै जिल्लाको कुनै पनि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन गर्न निषेध गरेको हो ।

    कसैले सूचनाको अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । सार्वजनिक स्थलदेखि एक सय मिटर वरपरका क्षेत्रमा धूमपान र सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन पूर्णरुपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।   

    सर्वसाधारण जनताको सुविधा, आर्थिक र स्वास्थ्य हितलाई ध्यानमा राख्दै सार्वजनिक स्थान आसपासका क्षेत्रमा चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नशा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १२:३०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij