Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भक्तपुरमा पहिरोले घर पुरियो

भक्तपुरमा पहिरोले घर पुरियो


  • 2.6K
    Shares

    भक्तपुरमा पहिरोले घर पुरियो

    काठमाडौँ । गए राति देखी परेको अविरल वर्षाका कारण पहिरोले भक्तपुरको चाँगुनारायणमा घर पुरिएको छ । चाँगुनारायण नगरपालिका–१ मा विदुर केसीको चार कोठे घर पुरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी (डिएसपी) वसन्त पाठकले बताए ।

    वर्षाका कारण घरमाथिबाट माटोको ढिस्को खसेको थियो । इट्टाको पर्खाल र जस्ता छानो भएको घर पुरिएको हो । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू पुगेका छन् ।

    वर्षाका कारण भक्तपुरको मनोहरा लगायतका खोलामा पानीको बहाव बढेको छ । नदी किनारामा सतर्कता अपनाइएको डिएसपी पाठकले जानकारी दिए ।

     

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १०:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij