२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । टाइब्रेकरमा नाइजेरियालाई ४-२ ले हराउँदै इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
८७औं मिनेटमा लाउरेन जेम्स रातोकार्ड पाउँदै बाहिरिए पछि इंग्ल्याण्ड १० खेलाडीमा सिमित भएको थियो । डी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि पहिला पहेँलो कार्ड पाएकी जेम्सले पछि भीएआरबाट रातोकार्ड पाएकी थिइन् ।
तर पनि उनको अभाव महसुस हुने गरी इंग्ल्याण्डले नाइजेरियालाई गोलको अवसर दिएन र पेनाल्टी सुटआउटमा पुगेको खेल जित्यो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij