Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सिआइबीका एसपी थापा नेतृत्वको टिमद्वारा सुन प्रकरणको छानबिन सुरु

सिआइबीका एसपी थापा नेतृत्वको टिमद्वारा सुन प्रकरणको छानबिन सुरु


  • 2.0K
    Shares

    सिआइबीका एसपी थापा नेतृत्वको टिमद्वारा सुन प्रकरणको छानबिन सुरु
    images

    काठमाडौँ । सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ।

    सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो।

    हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो। भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो।

    यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो।

    प्रकाशित मिति :श्रावण २२ २०८० सोमवार - १५:१७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij