२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३८.३७ अंक घटेर २०५१ अंकमा कायम भएको छ । कुल २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो ।
कुल १८ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने २ को स्थिर रहृयो । बैंकिङ २२, विकास बैंक ९७, फाइनान्स ६२, होटल तथा पर्यटन २०१, जलविद्युत् ४४, जीवन बीमा २३७, उत्पादन ८४, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २२२, अन्य १७ र व्यापार उपसमूह ६८ अंक घटे ।
आइतबार नै सूचीकृत भएका नेपाल रिपब्लिक मिडिया र आईएमई लाइफको मूल्य १० प्रतिशत बढ्यो । आईएमई लाइफको मूल्य प्रतिकित्ता ५८२.४० पुगेको छ भने नेपाल रिपब्लिक मिडियाको २७५.४० पुगेको छ । कृषि विकास बैंकको मूल्य ६.७ प्रतिशत बढ्यो ।
प्रोग्रेसिभ फाइनान्सको मूल्य साढे ९ प्रतिशत घट्यो । अभियान लघुवित्तको ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सानिमा बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया, शिवम् सिमेन्ट र ग्लोबल आर्ईएमई बैंक क्रमश: अगाडि रहे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij