Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एनआईसी एशिया बैंकको नाफा ४.६५ अर्ब रुपैयाँ, ईपीएस ४०.२२ रुपैयाँ, आरओई १७.०७ प्रतिशत

एनआईसी एशिया बैंकको नाफा ४.६५ अर्ब रुपैयाँ, ईपीएस ४०.२२ रुपैयाँ, आरओई १७.०७ प्रतिशत


  • 2.8K
    Shares

    एनआईसी एशिया बैंकको नाफा ४.६५ अर्ब रुपैयाँ, ईपीएस ४०.२२ रुपैयाँ, आरओई १७.०७ प्रतिशत
    images

    काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्ष ४ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा १० प्रतिशत बढाएर ४ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको हो ।

    बैंकले गत असार मसान्तसम्म ३ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७१ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ

    बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) १७.०७ प्रतिशत रहेको छ । साथै, बैंकले वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ४०.२२ रुपैयाँ  छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २० वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै रहेको बैंकले दावी गरेको छ ।

    बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । गत असारसम्म बैंकको खराब कर्जा ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ ।

    साथै, बैंकले गत वर्ष ६ लाख नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

    गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - ११:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij