Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विभूति स्कुलकी छात्रा र शिक्षिका बने विजेता

विभूति स्कुलकी छात्रा र शिक्षिका बने विजेता


  • 5.1K
    Shares

    विभूति स्कुलकी छात्रा र शिक्षिका बने विजेता

    विभूति स्कुल ढुङ्गेधारा वनस्थलीकी छात्रा आरुषी घिमिरे र सह-प्रधानाध्यापक पवित्रा लया मगर एकै दिन दुई फरक कार्यक्रमबाट अवार्ड जित्न सफल भएका छन् ।

    अर्गनाइजेसन अफ प्राइभेट स्कुल्स (OPS) द्वारा श्रावण १९ गते शुक्रबार सृजना ज्ञानसागर स्कुलमा आयोजित मेमोरी कन्टेस्टमा विभूति स्कुल ढुङ्गेधारा, वनस्थलिको कक्षा ५ मा अध्यनरत छात्रा आरुषी घिमिरे फर्स्ट रनर अप हुन सफल भएकी छिन् । विजेता घिमिरेले सिल्भर मेडल, प्रमाणपत्र तथा ट्रफी समेत हात पारेकी छिन् ।

    IMG-00e8f08887eb02eb6cfc4da3797c13ff-V.jpg

    २९ सदस्य विधालयहरु भएको उक्त अर्गनाइजेसनले नियमित रुपमा हरेक महिना जसो विधार्थिहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनको लागि यस्ता खालका अतिरिक्त कार्यक्रमहरु सन्चालन गर्ने गरेको कुरा संस्थाका अध्यक्ष श्री लोकेन्द्रबहादुर खड्काले बताउनु भयो। यसै संस्थाले गत जेठ महिनामा सन्चालन गरेको अंग्रेज़ी वकृत्वकला प्रतियोगितामा पनि विभूति स्कुलले प्रथम स्थान हासिल गरेका थिए भने सोही महिना नर्थ वेस्टर्न प्राइभेट स्कुल्स अर्गनाइजेसन (NOPSO) द्वारा आयोजित अंग्रेज़ी इलोक्युसन प्रतियोगितामा पनि विभूति स्कुलले प्रथम स्थान प्राप्त गरेक थिए।

    IMG-ba817a58b17ff002b273bf0eb2d3545b-V (1).jpg

    यसरी शैक्षिक सत्र २०८० को तीन महिना भित्र मात्र विभूति स्कुलले दुईवटा गोल्ड र एउटा सिल्भर मेडल जित्न सफल भएको कुरा विधालयका प्रधानाध्यापक राजेश्वर श्रेष्ठले बताउनु भयो। त्यस्तै गरी यस विधालयकी अंग्रेज़ी विषय शिक्षिका पबित्रा लया मगर श्रावण १९ गते नै काठमाडौ प्याब्सनले आयोजना गरेको एसईई सम्मान २०७९ मा सहभागी २३७ विधालयहरु मध्य अंग्रेज़ी विषयमा उच्च औसत जिपिय ३.८९ ल्याई उत्कृष्ट अंग्रेज़ी शिक्षक अवार्ड जित्न सफल भएकी छिन् ।

    IMG-00e8f08887eb02eb6cfc4da3797c13ff-V.jpg

    गत हप्तामा पनि उनले अर्गनाइजेसन अफ प्राइभेट स्कुल्सले आयोजना गरेको एसईई सम्मान कार्यक्रममा उत्कृष्ट भई नगद पुरस्कार सहित प्रथम स्थान हासिल गरेकी थिइन् । (Vibhuti is an English medium school guided by Kathmandu University)

    प्रकाशित मिति :श्रावण २० २०८० शनिवार - ०६:१९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij