Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चौथो त्रैमासिक वित्तीय विवरण अनूसार सानिमा बैंकको  नाफा २ अर्ब ६१ करोड नाघ्यो

चौथो त्रैमासिक वित्तीय विवरण अनूसार सानिमा बैंकको  नाफा २ अर्ब ६१ करोड नाघ्यो


  • 2.8K
    Shares

    चौथो त्रैमासिक वित्तीय विवरण अनूसार सानिमा बैंकको  नाफा २ अर्ब ६१ करोड नाघ्यो

    काठमाडौँ । सानिमा बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सानिमा बैंक लिमिटेडको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  

    अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सोही अवधिको तुलनामा अघिल्लो आर्थिक बर्ष मा भन्दा बैंकको खुद नाफा २५.१३ प्रतिशतले बढी हो। 

    समिक्षा अवधिमा बैंकको खराब कर्जा भने झण्डै १ प्रतिशतले वृद्धि भई १.३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि बढेर १५५ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

    बैंकको खुद ब्याज आम्दानी बढे पनि उक्त समयमा खुद फि तथा कमिशन आम्दानी भने घटेको देखिन्छ । गत बर्षको चौथो त्रैमाससम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ। त्यसतै, गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ।

    यस अनुसार बैंकको प्रतिशेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ।

    नाफा भए सँगै बैंकको प्रतिशेयर आम्दानी  सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसाले बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। असार मसान्त सम्ममा बैंकको मूल्य आम्दानी अनुपातमा १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ।

    १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ भने कर्जा लगानी ६.५० प्रतिशतले बढेको छ।

    प्रकाशित मिति :श्रावण १९ २०८० शुक्रवार - १६:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij