२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेको जनाएको छ । यससँगै नेपाली बजारमा मंगलबारको सुनको मूल्य ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुनको मूल्य तोलाको ८८ हजार सात सय थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार सात सय रुपैयाँले घटेर ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार दुई सय ५० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij