२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउस बीच यहि साउन १७ गते बुधबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता अनुसार कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरुले पोखरा लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्ध प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij