Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रवि लामिछानेद्वारा चितवनमा निःशुल्क ब्लु बस सञ्चालन, यस्ता छन् थप कार्यक्रम

रवि लामिछानेद्वारा चितवनमा निःशुल्क ब्लु बस सञ्चालन, यस्ता छन् थप कार्यक्रम


  • 4.0K
    Shares

    रवि लामिछानेद्वारा चितवनमा निःशुल्क ब्लु बस सञ्चालन, यस्ता छन् थप कार्यक्रम

    काठमाडौँ । चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।

    क्षेत्र नम्बर २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनदेखि स्वास्थ्य बीमा, महिलाहरूका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्ध-वृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् ।

    निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उनले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिकृत जस्ता विषयले निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरी सार्वजनिक भएका छन् । ३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिइएको सांसद रवि लामिछानेको सचिवालयले जनाएको छ सो बसमा महिलाहरू मात्रै चढ्न पाउने छन् र उनीहरूले बसको भाडा तिर्नुपदैन ।

    भाडामा चल्ने बसको पुरानो स्वरूपको रङ्लाई बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह निलो रंग लगाइएको छ । हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुर पुग्ने जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १५:४४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij