Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नबिल बैंकले गणपति वनस्पतिका आधिकारिक डिलरलाई च्यानल फाइनान्सिङ सुविधा दिने समझदारी

नबिल बैंकले गणपति वनस्पतिका आधिकारिक डिलरलाई च्यानल फाइनान्सिङ सुविधा दिने समझदारी


  • 3.1K
    Shares

    नबिल बैंकले गणपति वनस्पतिका आधिकारिक डिलरलाई च्यानल फाइनान्सिङ सुविधा दिने समझदारी
    images

    काठमाडौं । नबिल बैंकले ‘लक्की ग्रुप’ अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपति वनस्पति लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरूलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ ।

    काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्घानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    उक्त कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्षद्वय श्रवणकुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरू अनन्ता मोर, क्रषिराज मोर, राजीव मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो भने बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरू मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिति थियो ।

     

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १३:५३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij