Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

७ महिनामा भित्रिए ५ लाख ३४ हजार पर्यटक, कुन देशबाट कति ?

७ महिनामा भित्रिए ५ लाख ३४ हजार पर्यटक, कुन देशबाट कति ?


  • 2.5K
    Shares

    ७ महिनामा भित्रिए ५ लाख ३४ हजार पर्यटक, कुन देशबाट कति ?
    images

    काठमाडौँ । सन् २०२३ को सात महिनामा पाँच लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि जुलाई महिनासम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ५ लाख ३४ हजार २०७ पुगेको छ । 

    गत बर्ष २०२२ को जनवरीदेखि जुलाई महिनासम्म २ लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । तथ्याङ्क अनुसार गत बर्ष भन्दा यस बर्ष नेपाल भित्रिने पर्यटक संख्यामा वृद्धि भएको देखिएको छ । गत बर्षको तुलनामा यस बर्ष २ लाख ४८ हजार ८४४ ले पर्यटकको आगमन बढेको छ । 

    जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको तुलनामा यसपटक २९।८ प्रतिशतले पर्यटक आगमन बढेको हो । अघिल्लो बर्ष अर्थात २०२२ को जुलाई महिनामा ४४ हजार चार सय ६२ पर्यटक नेपाल आएको थिए । 

    अघिल्लो महिना जुनसम्ममा ४ लाख ७६ हजार ४८१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको मात्र तथ्याङ्क हो । यसबाहेक बाई बस (स्थलमार्ग) हुँदै आउने पर्यटकको संख्या यसको दोब्बर हुनसक्ने अनुमान अध्यागमन विभागको छ । 

    कुन महिनामा कति पर्यटक भित्रिए र? 
     
    जनावरी– ५५ हजार ४७ जना
     
    फेबुअरी– ७३ हजार २५५ जना 
     
    मार्च– ९९ हजार ४२६ जना
     
    अप्रिल– ९८ हजार ७७३ जना
     
    मे– ७७ हजा ७०३ जना
     
    जुन– ७२ हजार २५० जना
     
    जुलाई– ५७ हजार २२६ जना

    समीक्षा अवधिमा सबैभन्दा बढी सार्क मुलुकहरुबाट पर्यटक आगमन तीव्र रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । गत महिना भारतबाट मात्र २१ हजार ३५७ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । 

    यस्तै, सार्क बाहिरका एशियाली मुलुकहरुबाट १० हजार १८३ जना, युरोपेली मुलुकहरुबाट ८ हजार ९६५ जना, सामुन्द्रिक मुलुकहरुबाट १ हजार २१३ जना, अमेरिकी मुलुकहरुबाट ६ हजार २१४ जना र मध्यपश्चिम मुलुकहरुबाट ३७३ जना पर्यटक भित्रिएको बोर्डले जनाएको छ । 

    कुन देशबाट कति पर्यटक भित्रिए ?

    भारत– २१ हजार ३५७ जना
    बंगलादेश– २६ सय ९६ जना
    चिन– ५ हजार ५९३ जना
    अमेरिका– ५ हजार ५६१ जना
    भुटान– ८०७ जना
    श्रीलंका– ४८४ जना 
    पाकिस्तान– ३७२ जना
    दक्षिण कोरिया– १ हजार ३७५ जना 
    बेलायत– ३ हजार ६३० जना
    अष्ट्रेलिया– १ हजार १०२ जना 
    क्यानडा– ६५३ जना 

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ११:२५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij