Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

होटेल क्राउन इम्पेरियलको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

होटेल क्राउन इम्पेरियलको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल


  • 2.1K
    Shares

    होटेल क्राउन इम्पेरियलको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
    images

    काठमाडौँ । होटेल क्राउन इम्पेरियलले कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि  कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको हो । अर्किड होल्डिङ्ग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण सेयर निष्काशन गर्ने भएको हो ।

    होटेल क्राउन इम्पेरियलको सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ रकम बराबरको १ करोड १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्न बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र अर्किड होल्डिंग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध संचालक सुधिर मान मास्केले हस्ताक्षर गरेका छन् । 

    १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् । कम्पनीले २०७६ असार १३ बाट रविभवन, काठमाडौँमा चार तारे होटल, होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ ।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०९:३२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij