Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बढ्न थाले चिनियाँ पर्यटक

बढ्न थाले चिनियाँ पर्यटक


  • 2.6K
    Shares

    बढ्न थाले चिनियाँ पर्यटक
    images

    काठमाडौँ । कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार महिनाको जुलाई महिनामा पाँच हजार छ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । यो जुलाईमा आएका कूल पर्यटकको सङ्ख्याको नौ दशमलव नौ प्रतिशत हो । सन् २०२२ को जुलाईमा भने एक हजार पाँच सय ९३ चिनियाँ पर्यटक आएका थिए ।

    बोर्डका अनुसार सन् २०२३ को सात महिनामा पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् । जुलाई महिनामा मात्रै हवाई मार्ग भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या २९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यस वर्षको जुलाईमा ५७ हजार सात सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२२ को सात महिनामा कूल ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल आएका थिए ।

    चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई समावेश गरेपछि चिनियाँ पर्यटकको सङ्ख्या बढ्न थालेको हो । गत मार्च १५ तारिखमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको सूचीमा नेपाललाई समावेश गरिएको थियो ।

    गत महिना पोखरामा भएको चिनियाँ ड्रागन बोट रेस फेस्टिभल आयोजना गरिएको थियो । सो अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चीनको छेन्दुबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो । चिनियाँ उडान सहज भएको र सीमानाका पनि खुलेकाले चिनियाँ पर्यटकको आगमन विस्तारै बढिरहेको बोर्डले उल्लेख गरेको छ ।

    बोर्डका अनुसार जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार तीन सय ५७, चीनबाट पाँच हजार छ सय ९३, अमेरिकाबाट पाँच हजार पाँच सय ६१, बेलायतबाट तीन हजार छ सय ३० र बङ्गलादेशबाट दुई हजार ६ सय ९४ पर्यटक नेपाल आएका छन् ।

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०६:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij