२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरुलाई नि: शुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको यो अफर अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफर श्रावण १६ गतेदेखि सिमित अवधिका लागि लागु हुनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक अफरहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij