Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने १९ व्यापारीविरुद्ध मुद्दा दायर

इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने १९ व्यापारीविरुद्ध मुद्दा दायर


  • 2.6K
    Shares

    इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने १९ व्यापारीविरुद्ध मुद्दा दायर
    images

    वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्साले आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। 

    कार्यालयले कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३, चितवनका पाँच र पर्साका एक व्यापारीमाथि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरेको गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए।

    उनले इजाजत नलिई नापतौल गर्ने यन्त्रको प्रयोग गर्ने रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एन्ड जेनरल सटार्स र सरोज बिज भण्डारविरुद्ध अदालतमा मुद्दा दायर गरेको जानकारी दिए। यस्तै कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एण्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर स्टोर्स र जय बजरङ्ग बली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

    चितवनको खजुरीको नेपाल प्रा.लि, खुन्हा एक्सपोर्ट एन्ड इम्पोर्ट प्रा.लि, प्यासिफिक एक्जिम नेपाल प्रा.लि, याक ब्रिबिङ कम्पनी प्रा.लि र याक डिब्टिलरी प्रा.लिमाथि पनि जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको सूचना अधिकारी ठाकुरको भनाइ छ। यस्तै पर्साको जय वनहर बाबा कृषि सहकारी संस्थाविरुद्ध पनि मुद्दा दर्ता गरिएको जनाएको छ। 

    अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको पाइएपछि ती १९ व्यापारीविरुद्ध एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको छ। 

    गत आव रु एक करोड ४० लाख २३ हजार २६९ राजस्व संकलन भएको सूचना अधिकारी ठाकुरले जानकारी दिए। कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न डोर (अनुगमन) गर्दै आएको छ।

    कुनै पनि नापतौल गर्ने यन्त्र प्रयोग गर्नुपूर्व खरिद गरेको ३५ दिनभित्र नजिकको गुणस्तर नापतौल कार्यालयबाट अनुमति लिइसक्नुपर्ने कानुनी व्यवस्था छ। 

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १०:०२:०८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij