Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

स्पेनलाई हराउँदै जापान समूह विजेता

स्पेनलाई हराउँदै जापान समूह विजेता


  • 2.0K
    Shares

    स्पेनलाई हराउँदै जापान समूह विजेता
    images

    काठमाडौं । महिला विश्वकप फुटबल अन्तर्गत समूह सी को खेलमा जापानले स्पेनलाई ४-० ले पराजित गरेको छ । यस जितपछि जापान समूह सी को को विजेता बनेको छ । जापान र स्पेन यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेका थिए ।

    समूह सी को विजेता बन्नका लागि भएको खेलमा जापान स्पेनमाथि हावी भयो । जापान समूह विजेता र स्पेन समूह उपविजेता बनेर नकआउट चरण प्रवेश गरेको छ । जापानका लागि हिनाता मियाजावाले दुई तथा रिको उएकी र मिना तानाकाले समान एक गोल गरे ।

    समूह सी कै अर्को खेलमा जाम्बियाले कोस्टारिकालाई ३-१ ले पराजित गरेको छ । अफ्रिकन राष्ट्र जाम्बियाको विश्वकपमा यो पहिलो जित हो ।

     

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १४:५६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij