Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

मकवानपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

मकवानपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु


  • 1.7K
    Shares

    मकवानपुरमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
    images

    काठमाडौँ । मकवानपुरमा रोकिराखेको ट्रकमा गुडिरहेको मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकिराखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किएको हो। 

    दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। चितवनको पुरानो मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको उनले बताए।

    प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

     

    प्रकाशित मिति :श्रावण १५ २०८० सोमवार - १०:००:५३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij