Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

अपि पावरले साउन ३१ गतेदेखि हकप्रद सेयर जारी गर्ने

अपि पावरले साउन ३१ गतेदेखि हकप्रद सेयर जारी गर्ने


  • 2.5K
    Shares

    अपि पावरले साउन ३१ गतेदेखि हकप्रद सेयर जारी गर्ने
    images

    काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

    कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    लगानीकर्ताले हकप्रद निष्कासनका लागि असार २२ गते बुक क्लोज गर्ने भएको हुदाँ असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

     

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - १०:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij