२०८२ माघ ७ गते बुधवार
चित्लाङदेखि काठमाडौं आउँदै गरेको गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा सुमो दुर्घटना भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले बताए।
दुर्घटनामा घाइते तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए। उनका अनुसा एक जना गाडीसँगै तल खस्दा भीरमा अड्किएको अवस्थामा रहेका छन्। ती व्यक्तिको उद्धार गर्ने कार्य जारी रहेको डीएसपी अधिकारीले दिए।
गाडीमा चालकसहित ५ जना सवार थिए। थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij