Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

डान्सिङ नम्बरका गीत मेरो लागि जहिल्यै स्पेशल : स्वस्तिमा खड्का

डान्सिङ नम्बरका गीत मेरो लागि जहिल्यै स्पेशल : स्वस्तिमा खड्का


  • 2.9K
    Shares

    डान्सिङ नम्बरका गीत मेरो लागि जहिल्यै स्पेशल : स्वस्तिमा खड्का
    images

    काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय करिअरमा गीतले ठूलो भूमिका खेलेका छन् । फिल्म ‘२ रुपैंयाँ’ मा समावेश उनको नृत्य रहेको गीत ‘कुटुमा कुटु’ ले युट्युबमा सर्वाधिक भ्युज पाएको छ । 

    त्यस्तै, उनको नृत्य रहेको गीत ‘साली मनपर्यो’ ले युट्युबमा ११ करोड बढी भ्युज पाएको छ । करोड क्लबमा पुगेका उनको नृत्य रहेका गीतहरूको संख्या धेरै छ । 

    त्यसैले पनि अभिनेत्री स्वस्तिमा गीतको महत्व आफ्नो करिअरमा ठूलो रहेको कुरा बताएकी छन् । त्यसमा पनि डान्सिङ नम्बरका गीतहरूले आफ्नो करिअरमा ठूलो प्रभाव पारेको उनी बताउँछिन् ।​ 

    बिहीवार उनी अभिनीत फिल्म ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक कार्यक्रममा पनि स्वस्तिमाले डान्सिङ नम्बरका गीतहरू आफ्नो लागि जहिल्यै विशेष हुने धारणा राखिन् । 

    ‘मेरो करिअरमा गीतहरू एकदमै माइलस्टोन बनेको छ । त्यसमा पनि डान्सिङ नम्बरका गीतहरू मेरो लागि जहिले पनि स्पेशल हुन्छ’ उनले भनिन् ‘र, यो गीत (काले केटाले) पनि मेरो लागि स्पेशल थियो । किनकी यो डान्सिङ नम्बरको थियो ।’

    आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको ‘काले केटाले’मा एलेक्स विश्वकर्माका साथमा फिल्मका शीर्ष कलाकारहरू स्वस्तिमा, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला लगायतको अभिनय छ । अभिनेत्री स्वस्तिमाले एलेक्स विश्वकर्माको नृत्यको खुलेर प्रशंसा गरिन् । 

    उनले ‘ऐंचो पैंचो’मा सुशील, वर्षा र मुकुनसँग काम गर्न पाउँदा एकदमै खुशी लागेको समेत बताइन् । स्वस्तिमाको पहिलो फिल्म ‘होस्टेल रिटन्र्स’मा सुशील को–एक्टर थिए, उक्त फिल्म सुपरहिट भएको थियो । त्यसपछि वर्षा राउतसँग काम गरेको फिल्म ‘छक्का पञ्जा २’ पनि सुपरहिट भएको थियो । 

    त्यसपछि अभिनेता मुकुनसँग खेलेको फिल्म ‘बुलबुल’ले स्वस्तिमालाई थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड दिलाएको थियो । ‘यो फिल्ममा तिनै जनासँग जोडिएर काम गर्न पाउँदा राम्रो हुन्छ होला भन्ने अपेक्षा छ’ स्वस्तिमाले भनिन् ‘राम्रोसँग काम भएको छ । ट्रेलर हेर्नका लागि पनि उत्साहित छु ।’ 

    कृषा चौलागाईंको निर्देशनमा तयार ‘ऐंचो पैंचो’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १२:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij