Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

फिलिपिन्समा डुङ्गा दुर्घटना, ३० जनाको मृत्यु

फिलिपिन्समा डुङ्गा दुर्घटना, ३० जनाको मृत्यु


  • 2.2K
    Shares

    फिलिपिन्समा डुङ्गा दुर्घटना, ३० जनाको मृत्यु
    images

    काठमाडौँ । क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ । बयालीस जना यात्री क्षमताको उक्त डुङ्गामा ७० जना सवार थिए ।

    तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्री पनि रहेका आशङ्का गरिएको छ ।

    बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा वर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् ।

    रासस

     

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १२:१०:०२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij