Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दोलखा भीमसेनलाई पसिना आयो, अनिष्ट हुने संकेत

दोलखा भीमसेनलाई पसिना आयो, अनिष्ट हुने संकेत


  • 11.2K
    Shares

    दोलखा भीमसेनलाई पसिना आयो, अनिष्ट हुने संकेत

    काठमाडौं । दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । मंगलबार दिउँसो २ बजेदेखि भीमसेनको शीलामा पसिना आइरहेको हो ।

    भीमसेनलाई पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले क्यानडानेपालसँग पुष्टी गरेका छन् । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको छ  । 

    भीमसेनलाई पसिना आउँदा मुलुकका शुभ तथा अनिष्ट हुने संकेतको रुपमा लिइने गरिएको छ । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

    भीमसेनको शीलामा पसिना आएपछि कपासले पुछेर राष्ट्र प्रमुखलाई पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पूजाका लागि दान दक्षिणासहित पूजा सामग्री पठाउने चलन रहँदै आएको छ । 

    यसअघि पछिल्लोपटक २०७६ फागुन ८ गते भीमसेनलाई पसिना आएको थियो । मुलुकमा ठूल्ठूला घटना हुँदा पनि दोलखा भीमसेनलाई पसिना आएको स्थानीयहरु बताउँछन् । 

    प्रकाशित मिति :मंसिर ९ २०७७ मंगलवार - १५:४८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij