Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

‘छक्का पन्जा ४’ रि-रिलिज गरेर आफ्नो हलको पर्दा खोल्दै दीपक-दीपा

‘छक्का पन्जा ४’ रि-रिलिज गरेर आफ्नो हलको पर्दा खोल्दै दीपक-दीपा


  • 3.5K
    Shares

    ‘छक्का पन्जा ४’ रि-रिलिज गरेर आफ्नो हलको पर्दा खोल्दै दीपक-दीपा

    कलाकार तथा निर्माता दीपकराज गिरीको टिमले सञ्चालनमा ल्याउन लागेको सिनेमा घर भदौको तेस्रो साताबाट सञ्चालनमा आउने भएको छ।

    काठमाडौंको नयाँ बाँनेश्वरमा निर्माण सम्पन्न भएको सिनेमा घरको उद्घाटनमा गिरीकै टिमले निर्माण गरेको फिल्म ‘छक्का पन्जा ४’ रि–रिलिज गरेर हुने भएको छ। गत वर्ष फागुनको १९ गतेबाट रिलिज भएर कयौँ रेकर्ड ब्रेक गरेको फिल्म रि–रिलिज गर्ने तयारीमा दीपकको टिम रहेको छ।

    भदौ १४ गतेबाट हल सञ्चालनको तयारीमा रहेका गिरी भन्छन्, ‘हलको सुरुवात भदौ १४ बाट रिलिज हुने फिल्मबाट गर्छौं होला। यही मितिमा फिल्म ‘छक्का पन्जा ४’ पनि प्रदर्शन हुनेछ।’

    आफैँले निर्माण गरेको फिल्म भएकाले आफ्नै हलमा फेरि रिलिज गर्ने सोच बनाएको गिरीले बताएका छन्। दीपकको टिमले निर्माण गरेको सिनेमा घरमा २ वटा पर्दा छन्।

    दुवै पर्दामा थ्री डी प्रविधिबाट फिल्म हेर्न मिल्ने व्यवस्था गरिएको छ। फिल्म निर्माणमा सफल भएपछि दीपकको टिमले सिनेमा घरमा लगानी गरेका हुन्।

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - १२:०७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij