Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो (यहाँबाट भर्नुहोस आवेदन)

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो (यहाँबाट भर्नुहोस आवेदन)


  • 6.2K
    Shares

    निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन खुल्यो (यहाँबाट भर्नुहोस आवेदन)

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको छ । आयोगको साउन १० गतेको निर्णाय अनुसार तोकिएको न्युतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरुका लागि अध्यापन अनुमति पत्रको विज्ञापन खुला गरेको हो ।

    योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरुले साउन ११ गते देखि आयोगको आधिकारीक अनलाइन पोर्टलबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । साथै अनलाईन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरु राजस्व दस्तुर बुझाईसकेपछि पमिार्जन,संशोधन वा थपघट गर्न नसकिने समेत आयेगले जानकारी दिएको छ ।

    व्यक्तिगत विवरण र पेस गर्नुपर्ने कागजातहरु सुनिश्चित गरेर मात्र अनलाइन दरखास्त दिन तथा पछि फरक परेमा व्यक्ति आफै जवाफदेही र उत्तरदायी हुनुका साथै सो सम्बन्धनमा आयोगबाट कुनै पनि कारबाही हुन नसक्ने सूचनामा उल्लेख गरेको छ ।

    यहाँबाट भर्नुहोस आवेदन :

    https://license.tsc.gov.np/

    unnamed-48-768x458.jpg

    प्रकाशित मिति :श्रावण ११ २०८० बिहिवार - ०६:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij