Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

लोकसेवा तयारीको पुस्तकमा महिलालाई अपमान गर्ने प्रश्नोत्तर समेटिएको भन्दै सांसद ईश्वरीको आपत्ति

लोकसेवा तयारीको पुस्तकमा महिलालाई अपमान गर्ने प्रश्नोत्तर समेटिएको भन्दै सांसद ईश्वरीको आपत्ति


  • 2.9K
    Shares

    लोकसेवा तयारीको पुस्तकमा महिलालाई अपमान गर्ने प्रश्नोत्तर समेटिएको भन्दै सांसद  ईश्वरीको आपत्ति
    images

    काठमाडौं। नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले लोकसेवा तयारीका लागि बजारमा सार्वजनिक एक पुस्तकले महिलालाई लान्छाना लगाउँदै प्रश्न समेटिएको भन्दै आपत्ति व्यक्त गरेकी छन् ।

    प्रतिनधिसभाको बुधबारको बैठकमा आकस्मिक समय माग गरेर बोलेकी घर्तीले वन तथा वातावरण मन्त्रालयमा कार्यरत सहायक संरक्षण अधिकृत रामएकवाल दासले  ‘नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वनरक्षक’ परीक्षालाई भनी तयार गरेको  पुस्तकमा महिलालाई लक्षित गरी प्रयोग गरिएको शब्दावली र वाक्यांशप्रति सांसद घर्तीले आपत्ति जनाएकी हुन्।

    उनले उक्त पुस्तकमा लेखिएको प्रश्नले हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक सोच र महिलालाई हेर्ने विभेदकारी दृष्टिकोणलाई प्रतिविम्बित गरेको जनाएकी छन् ।

    पुस्तकको सेट २४ को पेज नं.१४३,प्रश्न नं.१८ मा प्रयोग गरिएको प्रश्न र सो को वैकल्पिक उत्तरमा प्रयोग गरिएका शब्दावली र वाक्यांशले महिलाको समग्र पहिचानमा अफवाह फैल्याएको र आत्मसम्मानमा गम्भीर चोट पुऱ्याएको घर्तीको भनाइ छ ।

    “महिलामाथि यस्ता महाअपमान हुने शब्द राखिनुहुन्छ कि हुँदैन ? यो शब्दले आम नेपाली महिलामा गम्भीर आघात पुर्याएको छ,” उनले भनिन्, “यो पुस्तक लेख्ने राम एकल दासलाई तुरुन्त निलम्बन गरेर उनलाई कानुनी कारबाहीका निम्ति जोडदार माग गर्दछु ।”

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - १६:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij