Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

नयाँ बानेश्वरबाट १७ जना लघुवित्त पीडित पक्राउ

नयाँ बानेश्वरबाट १७ जना लघुवित्त पीडित पक्राउ


  • 3.2K
    Shares

    नयाँ बानेश्वरबाट १७ जना लघुवित्त पीडित पक्राउ
    images

    काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोज्ने १७ जना पीडितलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।

    पीडितहरुले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरेर प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने लगायतका ५ बुँदे माग राखेका छन् । पक्राउ परेकाहरुलाई भृकुटी मण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

     



    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - १३:३९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij