२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । ठमेलको चर्चित एलओडी क्लबमा नाबालिकालाई प्रवेश दिएको आरोपमा प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठसहित तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
यस प्रकरणमा फ्रन्ट अफिस म्यानेजर २७ वर्षीय सहदेव सेढाई र कर्मचारी २३ वर्षीया सपना ढुंगाना पक्राउ परेका थिए । रविन भने फरार छन् । उनीहरूलाई नाबालिकाविरुद्ध कसुर गरेको आरोप लगाइएको छ । सरकारी वकिलले ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय माग गरेका छन् ।
एलओडीमा प्रवेश गरेकी १५ वर्षीया नाबालिका त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको भेटिएपछि प्रहरीले एलओडीका दुईजना सञ्चालकलाई पक्राउ गरेको थियो । तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छाडेपछि कर्मचारीलाई पक्राउ गरिएको हो । यो घटनामा सञ्चालकले भने उन्मुक्ति पाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij